नियम १९
जिल्ला सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता वा जिल्ला न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
(१) यस नियमावलीको अधीनमा रही जिल्ला सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता वा जिल्ला न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) नेपाल सरकार वादी हुने मुद्दामा प्रही वा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्राप्त भएका मिसिलमा मझहान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने र मुद्दा चल्ने निर्णय भएकोमा सम्बन्धित अदालतमा मुद्दा दायर गर्ने,

(ख) नेपाल सरकार वादी भई दायर भएका मुद्दा वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा _ बहस पैरवी र प्रतिरक्षा गर्ने,

(ग) सम्बन्धित जिल्लामा रहेका नेपाल सरकारका कार्यालयका प्रमुखले मागेको कुनै कानूनी प्रश्नमा राय सल्लाह दिने,

(घ) मुद्दा हेर्ने अधिकारी वा सम्बन्धित अदालतबाट भएको फैसला बा आदेश उपर पुनरावेदन, निवेदन गर्ने वा नगर्ने सम्बन्धी आवश्यक काम कारबाही गर्ने,

(ङ) प्रचलित कानून बमोजिम कार्यालय प्रमुखलाई भएका अधिकार बमोजिमको काम कारबाही गर्ने ।

(२) यस नियम बमोजिम सहन्यायाधिवक्ता वा जिल्ला न्यायाधिवक्तालाई भएको प्रशासकीय अधिकार मध्यै केही अधिकार निजले प्रत्यायोजन गरे बमोजिम जिल्ला सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलले प्रयोग गर्न सक्नेछन्‌ ।